काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणना अनुसार विराजले २४ हजार ५९२ मत ल्याएका छन् ।


ADVERTISEMENT


उनी प्रतिद्वन्द्वी भन्दा २१ हजार ३७५ मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३ हजार २१७ मत पाए । यस्तै नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत पाएर तेस्रो भइन् ।


ADVERTISEMENT

# # #


विराज यसअघि पनि सोही क्षेत्रबाट निर्वाचन भएका थिए ।

यससँगै रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ ३ सिटमा जित हासिल गरेको छ । यसअघि रास्वपाका काठमाडौँ–१ बाट रञ्जु दर्शना, काठमाडौँ–६ बाट शिरि खनाल निर्वाचित भएका छन् ।