काठमाडौं – नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ ।


ADVERTISEMENT


पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


ओलीलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको घटनामा प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाउन जाँचबुझ आयोगले सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा गत शनिबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।