काठमाडौं – काठमाडौं महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण सुरु गरेको छ ।


ADVERTISEMENT


महानगरले वीर अस्पतालसंगको सहकार्यमा निशुल्क परीक्षण र प्रारम्भिक निशुल्क उपचार सुरु गरेको हो । निशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप उपलव्ध गराएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन ।


ADVERTISEMENT

# # #


चैत्र २० गतेसम्म हुने निशुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताइन् । निशुल्क परीक्षणको पहिलो दिन पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ ।