काठमाडौं – कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT


आज नेप्से परिसूचक ४७.७१ अंक घटेको छ । यो सँगै नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २८३१ अंकमा झरेको छ ।


ADVERTISEMENT

# # #


आज बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । २६ कम्पनीको मूल्य बढ्दा २३७ को घट्यो भने ५ को स्थिर रह्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै २.५६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.८६, विकास बैंक १.२४, फाइनान्स २.००, होटल तथा पर्यटन १.१८, हाइड्रोपावर १।९३, लगानी १.५९, जीवन बीमा १.४०, उत्पादन तथा प्रशोधन ०.२१, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.८२ र अन्य समूह २.१३ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन्। सप्तकोशी विकास बैंकको मूल्य ९.८३ प्रतिशत बढ्यो ।

सोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.७९, युनिक नेपाल लघुवित्तको ७.२३, सीवाईसी लघुवित्तको ६.८६, मल्टिपर्पज फाइनान्सको ४.९३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट, अपी पावर र नेसनल हाइड्रोपावर कम्पनी छन् ।