काठमाडौं — नेपाली संगीत क्षेत्रमा नयाँ गीत “आइस खनाइदेउ” सार्वजनिक भएको छ। चर्चित गायिका एलिना चौहान र गायक बाबुराम रम्टेको स्वरमा रहेको यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान आकर्षित गरेको छ।


ADVERTISEMENT


डम्बर नेपालीको शब्द तथा संगीतमा तयार भएको गीत रोमान्टिक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ, जसले युवा पुस्तामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

# # #


गीतको म्युजिक भिडियोमा जय किशन बस्नेत, जान्भी बस्नेत, एलिना रायमाझी, अभि सुनुवार र होम नेपालीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन राहुल बराइलीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईंले गरेका छन्। सम्पादन तथा रङ संयोजन पदम सुवेदीले गरेका हुन्।

आकर्षक कथा र प्रस्तुति सहित सार्वजनिक भएको “आइस खनाइदेउ” ले नेपाली संगीत बजारमा सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।