काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेलाई पक्राउ गरेको छ । पूर्वमन्त्री समेत रहेका पाण्डेलाई ब्यूरोको शुक्रबार खटिएको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।
‘ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
यसअघि पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।
राप्रपाका पूर्वउपाध्यक्ष समेत रहेका पाण्डे चितवन–३ बाट विक्रम पाण्डे निर्वाचित भएका थिए ।


























































