किाठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बैंकले सञ्चालनमा ल्याएको यस नयाँ पोर्टल मार्फत लिलाम बिक्री गरिने सम्पत्तिहरूका बारेमा इच्छुक ग्राहकहरूले विस्तृत जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


ग्राहकहरूले बैंकद्वारा प्रकाशित लिलाम बिक्री सम्बन्धी सूचनामा रहेको क्युआर कोड (QR Code) स्क्यान गरेर वा सिधै https://auctionassistance.nicasiabank.com लिंकमा गएर पोर्टलमा प्रवेश गर्न सक्नेछन् ।

बैंकका प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार  उक्त पोर्टलभित्र लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा सम्पत्तिको यकिन स्थान पहिचानका लागि गुगल म्याप (Google Map) समेत समावेश गरिएको छ ।

यसका साथै, कुनै सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकले थप जानकारी लिन चाहेमा सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी बैंकलाई सन्देश पठाउन सक्ने व्यवस्था समेत गरिएको छ ।

बैंकले यस पोर्टलमा नियमित रूपमा लिलाम हुने सम्पत्तिहरूको विवरण अपडेट गर्ने हुनाले खरिदकर्ताहरूले यसबाट सहजै लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।