काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकबाट पार्टीको निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरेको छ।


ADVERTISEMENT


बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनबाट अनुमोदित विधानअनुसार तीनवटै आयोग गठन गरेको जानकारी पार्टीका महामन्त्री विपिन आचार्यले दिएका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गर्दै यसअघि जिम्मेवारीमा रहेका पदाधिकारीलाई पुनः जिम्मेवारी दिइएको छ।

त्यसैगरी अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल लाई मनोनयन गरिएको छ।

महामन्त्री आचार्यले बैठकमा अन्य पदाधिकारीको मनोनयनबारे कुनै छलफल नभएको जानकारी दिँदै बाँकी पदाधिकारीको मनोनयन पार्टी सभापतिको विशेषाधिकारअन्तर्गत आगामी बैठकहरूमा आवश्यक तयारीपछि अघि बढाइने बताएका छन्।

बैठकले पहिलो राष्ट्रिय महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने तत्कालीन पदाधिकारी, प्रतिनिधि, सदस्य, सुरक्षाकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद प्रस्तावसमेत पारित गरेको महामन्त्री आचार्यले जानकारी दिएका छन्।