काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘आईएमई लाइफ बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।


ADVERTISEMENT


श्रावण १५ गते होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्नुका साथै अन्य अभिकर्तालाई थप प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।


ADVERTISEMENT

# # #


कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापन तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले अभिकर्ताको मेहनत र प्रविधिको प्रयोगले कम्पनीको उल्लेखनीय प्रगति सम्भव भएको बताउँदै आगामी दिनमा अत्याधुनिक प्रविधिमार्फत सेवा विस्तार गरिने जानकारी दिए।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उत्साहजनक प्रगति गरेको उल्लेख गर्दै डिजिटल प्रविधिमा आधारित सेवा विस्तारलाई निरन्तरता दिइने बताए।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनीहरूको व्यवसायिक क्षमता अभिवृद्धिका लागि कम्पनीले नियमित तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ को व्यवसायिक सफलतामा अभिकर्ताको मुख्य भूमिका रहेको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा डिजिटल सेवा थप प्रभावकारी बनाउँदै नयाँ योजनामार्फत व्यवसाय विस्तार गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।