काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरवारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ ।
लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो । सिंहदरबार बिक्रि कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी थिइन । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् ।
सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता तथा कर्मचारीहरूलाई बिक्रि कक्षमा आएर सामग्रीहरू खरिद गर्न र कम्तीमा एक पटक अवलोकन गर्न आग्रह गरेकी छिन् ।
उनले उपत्यकामा हाल ५ ठाउँमा खाद्यको स्टलहरू रहेका भन्दै आगामी दिनमा अन्य स्थानहरूका साथै भाटभटेनीमा पनि स्टल राख्ने सोच रहेको र सोही अनुसार प्रयास भइरहेको जानकारी दिइन् ।
त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी, सेवाग्राही तथा विभिन्न कामले आउनेहरुको माग र मन्त्रीको निर्देशन अनुसार सिंहदरबारभित्र सेवा शुभारम्भ गरिएको बताए ।
सातौँ वार्षिकोत्सवको अवसरमा देशभरका १९३ स्थानबाट विभिन्न खाद्य वस्तुहरू प्रति केजी रु. ५ छुटमा सहुलियत मूल्यमा उपलब्ध गराइएको उनले बताए ।
((



























































