काठमाडौं- सुजुकीले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी मोटोकर्पले ल्याएको योजनाअन्तर्गत ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क एसेसरिज तथा सर्भिसलगायतका सुविधा पाउने भएका छन् ।
योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् । साथै, निःशुल्क एसेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो योजना अल्टो के–१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिटारा, फ्रन्क्स र ई–भिटारा सिरिजमा लागू हुनेछ । मोडलअनुसार सुविधामा फरक हुने कम्पनीले जनाएको छ । योजना श्रावण २७ गतेदेखि कार्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।
नाडामा नयाँ ब्रेजाको सार्वजनिक प्रदर्शन
सुजुकीले नाडा अटो शो २०२६ मा नयाँ ब्रेजा समेत सार्वजनिक प्रदर्शनमा राखेको छ । नयाँ कम्प्याक्ट एसयूभीलाई प्रदर्शनीको अवधिभर अवलोकन गर्न सकिनेछ ।
नयाँ ब्रेजामा नयाँ पावरट्रेन, थप सुविधासहित सुरक्षा प्रविधिमा गरिएको सुधारबारे ग्राहकले सुजुकीका उत्पादन विशेषज्ञसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
नयाँ ब्रेजासहित सुजुकीका विभिन्न मोडलहरू भृकुटीमण्डप प्रदर्शनी हलको स्टल ए–२ मा राखिएका छन् । नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म सञ्चालन भइरहेको छ ।
स्क्र्याच गरेर २ लाखसम्म जित्ने मौका
‘सुजुकी पर्वोत्सव’ योजनाअन्तर्गत नाडा अटो शोमा छनोट गरिएका सुजुकी मोडल बुकिङ गर्ने ग्राहकका लागि विशेष स्क्र्याच–एन्ड–विन अफरसमेत ल्याइएको छ । यसअन्तर्गत ग्राहकले २ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।
यसैबीच, सुजुकीको ई–भिटारा फर्स्ट १०० युनिट प्रमोसनल स्किम पनि छुट्टै रूपमा जारी रहने कम्पनीले जनाएको छ । पहिलो १०० युनिट बिक्री भएपछि ई–भिटारामा पनि मोडलअनुसार ‘सुजुकी पर्वोत्सव’का सुविधा लागू हुनेछन् ।
ई–भिटारा खरिद गर्ने ग्राहकले ३ किलोवाटको नियमित चार्जरसँगै ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन् । चार्जर जडान भने ग्राहकको घरमा प्राविधिक रूपमा सम्भव भएमा मात्र गरिने कम्पनीले जनाएको छ ।
सीजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले नाडा अटो शोमा सहभागी भएर सुजुकीका विभिन्न मोडल तथा योजनाबारे जानकारी लिन ग्राहकलाई आग्रह गरेका छन् ।.






























































