काठमाडौं – भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।


ADVERTISEMENT


राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावासमा पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


उनले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरे।

बाढीबाट नेपाली नागरिकसँगै भारतीयलगायत विभिन्न देशका नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै सिंहले ज्यान गुमाएकाका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

नेपाल र भारतबीचको सम्बन्धलाई ‘सुख–दुःखको साथी’को सम्बन्धका रूपमा उल्लेख गर्दै सिंहले विपद्को यस कठिन घडीमा भारत नेपालसँगै उभिएको बताए।

उनले नेपालले गरिरहेको खोजी, उद्धार र पुनःस्थापनाका प्रयासमा भारतले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।