काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट २९ देखि ३० तारिखसम्म उज्बेकिस्तानको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उज्बेकिस्तानका राष्ट्रपतिले मोदीलाई देशको प्रतिष्ठित ‘ओली दराजाली दोस्तलिक’ सम्मान प्रदान गरेका छन्।
अगस्ट ३० मा तास्कन्द पुगेका प्रधानमन्त्री मोदीले भारतका पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीको स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
यसअघि सन् २०१४ डिसेम्बर २१ मा भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले पनि तास्कन्दस्थित लालबहादुर शास्त्रीको स्मारकमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए।
मोदीको उज्बेकिस्तान भ्रमणका क्रममा शास्त्री स्मारकमा श्रद्धाञ्जली अर्पण गरिएको विषयलाई भारत–उज्बेकिस्तानबीचको ऐतिहासिक सम्बन्ध र शास्त्रीको विरासतसँग जोडेर हेरिएको छ।































































