नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीले घरबास गुमाएका नागरिकको पीडामा मल्हम लगाउँदै मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको टोली पाँच दिनदेखि निरन्तर भोजन सेवामा जुटिरहेको छ।


ADVERTISEMENT


बाढीका कारण विस्थापित भएर पीडामा परेका नागरिकको भोको पेट भर्ने र कठिन समयलाई केही सहज बनाउने उद्देश्यले सेवा सञ्चालन भइरहेको हो।


ADVERTISEMENT

# # #


बाढी प्रभावित तथा विस्थापितहरूलाई लक्षित गर्दै मानवसेवा आश्रमले नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली आधारभूत विद्यालयमा आश्रय लिइरहेका १२० जना प्रभावित नागरिक तथा सेवामा खटिएका ४० जना सुरक्षाकर्मीलाई दैनिक तीन पटक भोजन सेवा प्रदान गरिरहेको छ। टोलीले बिहानको खाजा, दिउँसोको खाना र बेलुकाको खानाको व्यवस्था गर्दै विपद्को कठिन समयमा प्रभावितहरूको सेवामा निरन्तर खटिरहेको छ।

पीडितहरूको घाउमा केही भए पनि मल्हम लगाउने उद्देश्यले मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, केन्द्रीय सदस्य उर्बिन सापकोटा, भक्तपुर जिल्ला संयोजक जमुना पौडेल र ललितपुर जिल्ला सहसंयोजक सरिता गुरुङ लगायतको टोली प्रभावित क्षेत्रमा पुगेर सेवा प्रदान गरिरहेको छ। विपद्को घडीमा कठिन परिस्थितिबाट गुज्रिरहेका प्रभावित नागरिकका लागि यो सहयोगले केही मात्रामा भए पनि राहतको अनुभूति गराएको छ। संकटका बेला पीडितको साथमा उभिनु नै मानवताको सच्चा परिचय भएको भन्दै आश्रमले आफ्नो सेवालाई निरन्तरता दिने उल्लेख गरेको छ ।

साथै मानवसेवा आश्रमले बाढी प्रभावित क्षेत्रका आश्रयविहीन नागरिक तथा तथा अभिभावकविहीन भएका बालबालिकाको संरक्षण तथा सेवामा आफू सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।