काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


ADVERTISEMENT


बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसाको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।