काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बाढीबाट प्रभाबित जिल्लाहरू रसुवा, नुवाकाेट, धादिङ र चितवनका प्रभाबितहरूलाई ब्यवस्थापन तथा समन्वय गर्न समिति गठन गरिएकाे छ ।


ADVERTISEMENT


“नेपाली काँग्रेस संसदीय दल भाेटेकाेशी प्रभाबित क्षेत्र पुनर्स्थापना तथा पुनर्निर्माण ब्यवस्थापन समन्वय समित” नाम दिईएकाे समित मार्फत बागमतीमा कांग्रेस दलले बिपदमा जनता र भूगाेल संगै जाेडिएकाे हाे ।कांग्रेस नुवाकाेटका सभापति तथा सांसद रमेश कुमार महतकाे सभापतित्वमा रसुवाका सांसद प्रभात तामाङ, धादिङका सांसद मधुकुमार श्रेष्ठ, चितवनकी सांसद बिनु रायमाझी पाैडेल सदस्य रहनेगरी समिति बनाईएकाे छ ।


ADVERTISEMENT

# # #


समितिले सरकार, दात्री निकाय, संसद भित्रका दलहरू लगायत प्रभाबितहरूसंग समेत समन्वय तथा सहयाेगका लागि सहकार्य गर्ने बताईएकाे छ । समितिले उद्धारमा सरकारकाे प्रभावकारितामा प्रश्न गर्दै सहयाेग र समन्वयमा साथ दिने बताएकाे छ ।”टनेलमा फँसेकाहरूलाई उद्धार गर्न सरकारले ढिलाइ गरेकाे भन्दै डेभलपरलाई नै सम्पर्क गरेर उनीहरूबाट टनेलबारे जानकारी लिएर समयमा नै उद्धार अघि बढाएकाे भए धेरैकाे ज्यान जाेगाउन सकिन्थ्यो” सभापति महतले भने “डेभलपरलाई टनेल कहाँ छ, कस्ताे छ, भित्र कति जना छन् लगायतका सबै जानकारी हुन्छ, त्यही सूचनाका आधारमा उद्धार गर्दा धेरैकाे ज्यान जाेगाउन सकिन्थ्यो ।”

प्रभावित क्षेत्रका बालबालिकाहरूकाे गाँस, बास, कपास, पुनर्स्थापना, शिक्षा स्वास्थ्यका लागि समेत दीर्घकालिन, अल्पकालीन याेजना र ब्यवस्था तीनै तहका सरकारले गर्नुपर्ने निष्कर्ष निकालिएकाे छ । उद्धारमा खटिएका सबै सुरक्षा निकाय, आम नागरिक, नीजि क्षेत्र, बैक बित्तीय संस्था, देशी बिदेशी दात्री निकाय तथा राष्ट्रहरूलाई समितिकाे बैठकले धन्यबाद समेत दिईएकाे छ ।

बैठकमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति, दलका नेता तथा पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँकाे बिशेष आतिथ्यता रहेकाे थियाे । बैठकमा समितिले गरेका कामकाे जानकारीका साथै गर्नुपर्ने कामहरूकाे समेत दलका नेता बानियाँलाई जानकारी गराईएकाे थियाे ।

समापति बानियाँले समेत उद्धार, समन्वयमा काँग्रेसका तर्फबाट कुनै कसुर बाँकी नरहने गरी उद्धार र ब्यवस्थापनमा जुट्न निर्देशन समेत दएका छन् ।