काठमाडौं – पर्सामा क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको आरोपमा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।


ADVERTISEMENT


पक्राउ पर्नेमा नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, सोही गाउँपालिका–६ का ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा रहेका छन्। इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


ADVERTISEMENT

# # #


यस्तै, नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोका चार कर्मचारी पनि पक्राउ परेका छन्। पक्राउ पर्ने कर्मचारीमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन्।

प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।