काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले सोमबार काठमाडौंको न्युरोडस्थीत जुद्ध शालिकमा शोक सभा तथा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । महासंघले बाढीका कारणका कारण व्यवसाय क्षेत्रमा समेत ठूलो धनजनको क्षति भएको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १३ सय भन्दा बढिको मृत्यु भइसकेको छ भने करिव ५ हजार नागरिक अझै पनि सम्पर्कविहीन छन् ।




































































