काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महँगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी, कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


कानूनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मूकदर्शक बनेको उनले आरोप लगाएका छन् ।

राष्ट्रिय शोक र विपद्को बेला जनताको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनले बताए। सांसद केसीले बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही र आपूर्ति सहज बनाए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

साथै उनले रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा बाढी प्रभावित थप समस्यामा परेको भन्दै सडक सञ्जाललाई सूचारु गराउनेतर्फ ध्यान दिन समेत आग्रह गरेका छन् ।