काठमाडौं – टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


नयाँ ग्यालरी सञ्चालनमा आएसँगै घर निर्माणदेखि व्यावसायिक तथा विभिन्न पूर्वाधार परियोजनाका लागि आवश्यक आधुनिक टायलहरू ग्राहकले सहज रूपमा छनोट गर्न सक्ने भएका छन्।


ADVERTISEMENT

# # #


ग्यालरीको औपचारिक उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा कम्पनी तथा ग्यालरीका प्रतिनिधिका साथै निर्माण, इन्टेरियर र व्यवसायिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू तथा स्थानीय ग्राहकहरूको सहभागिता रहेको थियो।

कम्पनीका अनुसार प्राधान हार्डवेयर ग्यालरीमा कजारियाका वाल तथा फ्लोर टायल्सका विभिन्न प्रिमियम कलेक्सन उपलब्ध छन्। ग्राहकले एउटै स्थानमा विभिन्न डिजाइन, टेक्सचर, फिनिसिङ र साइजका टायलहरू हेरेर आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त उत्पादन छनोट गर्न सक्नेछन्।

बदलिँदो निर्माण शैली तथा ग्राहकको रुचिलाई मध्यनजर गर्दै ग्यालरी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कजारिया रमेश टायल्सले डिलर नेटवर्क विस्तारमार्फत आफ्ना उत्पादनलाई ग्राहकको पहुँचमा थप सहज बनाउँदै लैजाने जनाएको छ।