काठमाडौं – लगातार चार दिनदेखि भइरहेको वर्षापछि काठमाडौँ उपत्यकाको मौसम आइतबार दिउँसोदेखि क्रमशः सुधार देखिएको छ ।


ADVERTISEMENT


भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएपछि नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त न्यूनचापीय प्रणाली नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्ला दिनमा ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको थियो ।


ADVERTISEMENT

# # #


न्यूनचापीय क्षेत्र कमजोर भएसँगै काठमाडौँसहित बागमती प्रदेशमा मनसुनी गतिविधि पनि केही कमजोर भएको छ। यसअघि बंगालको खाडीबाट जलवाष्प बोकेको हावा नेपालको मध्य भूभागतर्फ केन्द्रित हुँदा वर्षाको गतिविधि बढेको थियो।