काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको बुधवार बसेको सचिवालय वैठक पुनः भोलि अपरान्ह २ बजे बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय वैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्वन्धका बारेमा जानकारी दिएका थिए ।


ADVERTISEMENT


त्यसैगरी वैठकमा विश्व परिवेशमा भइरहेको राजनीतिक गतिविधिको बारेमा समेत अध्यक्ष ओलीले सचिवालयमा जानकारी दिएका थिए । पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बिहीवार बस्ने सचिवालय वैठक पार्टीको सांगाठनिक एकीकरणमा केन्द्रित हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


बिहीवारको सचिवालय वैठक पश्चात पार्टीको छिट्टै नै स्थायी कमिटी वैठक बस्ने मिति समेत टुंग्याउने र पार्टीका प्रदेश जिल्ला तहको एकीकरणका कार्यक्रम समेत तत्काल अगाडि बढाउने निर्णय लिने बुझिएको छ ।