काठमाडौं – चलचित्र कथा काठमाडौंको ट्रेलर रिलिज भएको छ । संगीता श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलरमा काठमाडौंका फरक फरक कथा समेटिएको छ । पैसाका लागि काठमाडौंमा युवा पुस्ताले केसम्म गर्छन् भन्ने ट्रेलरमा देखाइएको छ ।


ADVERTISEMENT


प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुषमान देषराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, सन्ध्या केसी लगायतका कलाकार चलचित्रको मुुख्य भूमिकामा छन् ।


ADVERTISEMENT

# # #


असोज १२ गते रिलिज हुने चलचित्र संगीताको डेब्यू चलचित्र हो । सोही दिन चलचित्र ‘छिरिङ’ पनि रिलिज हुँदैछ । ‘छिरिङ’ गायक यश कुमारको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र हो ।