बनियानी, झापा– हावाहुरीसँगै परेको चट्याङ लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


घाइते हुनेमा दमक नगरपालिका–१ का मनसुर राईका १४ वर्षीय छोरा सुजन राई र सोही स्थानका मुक्तिप्रसाद राईका १२ वर्षीय छोरा विशाल राई रहेका छन् । उनीहरुको संवेदनशील अङ्ग अण्डकोषमा चट्याङको झट्का लागेकाले दमकस्थित लाइफलाइन अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्थानीय भृकुटी आधारभूत विद्यालयमा अध्ययरत उनीहरु आइतबार बेलुका घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ । पानी परेपछि उनीहरु रुखमा ओत लागेर बसेको अवस्थामा चट्याङ परेको थियो ।