काठमाडौँ– भारतका युवा क्रिकेटर पृथ्वी श टेष्ट खेलमा डेब्यू मै शतक बनाउने विश्वका चौथो कान्छा खेलाडी बनेका छन् । १८ वर्ष ३२९ दिनका उनले भारतमा जारी वेष्ट इन्डिजसंगको टेष्ट सिरिजमा शतक प्रहार गरेका हुन् ।
यस्तै उनी टेष्ट डेब्यूमै अर्धशतक प्रहार गर्ने भारतका सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । सचिन तेन्दुल्कर र पार्थिव पटेलले मात्रै पृथ्वी भन्दा कान्छो उमेरमै अर्धशतक बनाएका थिए, तर डेब्यूमा होइन ।
💯👏🙌
Take a bow, @PrithviShaw #INDvWI pic.twitter.com/3ttCamlAcl
— BCCI (@BCCI) October 4, 2018
बंगलादेशका मोहम्मद अस्राफुल डेब्यू टेष्टमै शतक हान्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनले १७ वर्ष ६१ दिनको उमेरमा शतक हानेका थिए । यस्तै दोस्रोमा जिम्बावेका हेमिल्टन मासाकाड्जा(१७ वर्ष ३५२ दिन), तेस्रोमा पाकिस्तानका सालम मालिक (१८ वर्ष ३२३ दिन) रहेका छन् ।’
यस्तै पृथ्वी टेष्ट डेब्यू खेलमै शतक प्रहार गर्ने १५ औँ भारतीय खेलाडी भएका छन् । भारतका लागि डेब्यूमै शतक प्रहार गर्ने अन्तिम खेलाडी रोहित शर्मा रहेका थिए । उनले २०१३ को नोभेम्बरमा वेष्ट इन्डिज विरुद्ध नै हानेका थिए ।