काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठामा धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको जानकारी दिएका छन् । रासस