एजेन्सी– बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उत्तर प्रदेशका एक व्यक्ति पक्राउ परेका छन् । सोमबार उनलाई पुलिसले पक्राउ गरेको हो ।


ADVERTISEMENT


एक पुलिस अधिकारीका अनुसार शाहरूख गुलाबनबी उर्फ शेराले पुलिसलाई बताए कि उनी बलिउडमा काम गर्न चाहन्थे । उनी चाहन्थे कि फिल्म क्षेत्रमा सलमान उनका ‘मार्गदर्शक बनुन्’ । रोचक त के भने सलमानका अंगरक्षकको नाम पनि शेरा रहेको छ । जो एकदमै नजिक छन् ।


ADVERTISEMENT

# # #


पुलिसका अनुसार शेराले ६ अक्टोबरमा सलमानका सहायकलाई फोन गरेर उनको नम्बर मागेका थिए । ती अधिकारीले भने, ‘जब निजी सहायकले नम्बर दिन इन्कार गेर, तब उनले सलमानलाई गाली गर्न सुरु गरे र सलमानलाई मार्ने धम्की दिए । त्यसपछि शेराले १३ नोभेम्बरमा सलमानका पितासलीम खानलाई फोन गरेर उनको नम्बर मागे ।तर बुवाले पनि नम्बर नदिएपछि फेरि मार्ने धम्की दिए ।’

वरिष्ठ पुलिस निरीक्षक गिरिश अनावकरले शेरालाई इलाहाबादबाट पक्राउ गरेको बताए । शेरालाई सोमवार मुम्बई लिएर एक अदालतमा पेश गरिएको थियो । अदालतले उनलाई २२ नोभेम्बरसम्म जेलमा राख्ने आदेश दिएको छ ।