काठमाडौं – नेपाली कांग्रेसका युवा नेता समिर जंग शाह नेपाली कांग्रेसको पेशागत तर्फ केन्द्रीय सदस्य बन्ने भएका छन् ।

जारी महाधिबेशनमा लामो समय पत्रकारिताको नेतृत्व, समाजसेवा र राजनीतिलाई अघि बढाएका शाहले आफ्नो उमेद्वारी अघि बढाएका हुन् । शाह जाजरकोटबाट नेपाली कांग्रेसको महाधिबेशनका लागि केन्द्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन् ।

देशैभरी आफ्नो राष्ट्रिय छबि बनाएका शाहलाई वडा, जिल्ला, प्रदेशसंगै केन्द्रीय नेताहरूले समेत रूचाएको बुझिएको छ । परिवर्तित कांग्रेसको नेतृत्वमा युवा र शसक्त नेताहरू जन्माउने उद्घोष सहित अघि बढेको पार्टीमा शाह लगायतको अनुहारहरूले नयां उत्साह र तरंग ल्याएको बिश्लेषण गरिएको छ ।