ललितपुर – नेकपा (एमाले) महालक्ष्मी नगरपालिका–७ चाँगाथलीको तेस्रो वडा अधिवेशन तथा वडा दसैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
अधिवेशनले रामेश्वर कार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ। अधिवेशन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेकपा (एमाले) का नेता हरिकृष्ण व्यञ्जनकार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा एमाले केन्द्रीय सदस्य समिक बडाल विशेष अतिथि तथा नेकपा (एमाले) महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापा विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा महालक्ष्मी नगरपालिका–७ का वडा अध्यक्ष बाबुराजा महर्जन एमाले युवा नेता भरत थापा,सुजित बस्नेत लगायत स्थानीय जनप्रतिनिधि, एमालेका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रममा दसैँ, तिहारलगायत पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान गर्दै आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।
महालक्ष्मी–७ चाँगाथलीमा आयोजित कार्यक्रमले वडा तहमा एमालेको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने सन्देश दिएको छ।




















