काठमाडौँ– निजामती कर्मचारी अस्पतालमा अब अनलाइनमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । अस्पतालले आज सार्वजनिक गरेको अनलाईन प्रणालीको मार्फत ओ.पि.डी टिकट खरिद गर्न सकिनेछ । जसले गर्दा नागरिकले लामो समयसम्म लाईन बसेर टिकट लिनुपर्ने झन्झट कम हुने देखिएको छ ।


ADVERTISEMENT


अनलाईन सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्छ । त्यसपछि प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामति अस्पताल (सिभिल सर्भिस हस्पिटल) मा जानुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ ।


ADVERTISEMENT

# # #


त्यहाँ पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओ.पि.डी छान्ने । त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको शुल्क प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ ।

निजामती अस्पताले यस अघि बिरामीको ल्याब रिर्पोट पनि अनलाईनमार्फत हेर्न मिल्ने बनाएको छ । यस अस्पतालबाट दैनिक ८ सय भन्दा धेरै बिरामीले ओ.पि.डि सेवा लिर्दै आइरहेका छन् ।