काठमाडौँ – एनआईसी एशियाले मोरङको विराटनगरमा तीनवटा शाखा विस्तार गरेको छ । बैँकले बुधबार विराटनगरको मेनरोड, हाटखोला र रोडशेषमा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


मेनरोडस्थित मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । यस्तै हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरेका छन् ।


ADVERTISEMENT

# # #


यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहकहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहरहेको छ ।