काठमाडौं – गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए ।
उनले लेखेका छन्, ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।’
















