काठमाडौँ – नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको कात्तिक ७ गते बिहीबार बस्ने बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य गरी कुल ५२ स्थानका लागि उपनिर्वाचन हुँदै छ ।


ADVERTISEMENT


नेपाली काँग्रेसका सहायक महामन्त्री डा. प्रकाशशरण महतले बैठकले तिहारअगाडि नै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए। केही जिल्लाबाट एकल उम्मेदवारको नाम आए पनि कतिपय जिल्लाबाट धेरै उम्मेदवारको नाम आएको जानकारी डा. महतले दिए । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नं. २ का लागि १२ जनाभन्दा बढी उम्मेदवारको नाम केन्द्रमा आएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


काँग्रेसका मुख्य सचिव पौडेलका अनुसार धरान उपमहानगरपालिकाका लागि तिलक राईको एक मात्र नाम सिफारिस भएको छ । यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा पनि एकल उम्मेदवारको नाम सिफारिस भएको छ ।

प्रतिकृया

प्रतिकृया