काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन उनी बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्यसहित २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल रहेको छ।


ADVERTISEMENT

# # #


यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको दौरानमा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट बाकु पुगिसकेका छन् ।