एजेन्सी – बंगलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।


ADVERTISEMENT


शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ।


ADVERTISEMENT

# # #


नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ। नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।

यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ। अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले ‘हत्या गर्ने कोही पनि बाङ्ग्लादेशमा सहजै उम्किन नसक्ने’ तथ्यलाई प्रमाणित गरिदिएको बताए।

नुसरतलाई के भएको थियो ?

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्।  त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाइएको थियो।

त्यहाँ उनलाई बुर्का लगाएका चार(पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए। त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो। उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए। केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, ‘शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।’

नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भयो।