काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ ।


ADVERTISEMENT


हास्य टेलिसिरियल ‘भद्रगोल’ छाडेका कलाकारले उही पात्र राखेर ‘सक्किगोनी’ टेलिसिरियल सुरु गरेको भन्दै मिडिया हबका सोम धितालले प्रहरीमा उजुरी दिएका थिए । यता ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने अधिकार भएको दाबी गर्दै आएका थिए ।


ADVERTISEMENT

# # #


केही दिन देखि जारी ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद अहिले सहमतिमा टुङ्गिएको जेपिटी क्रिएसनका कुमार कट्टेल ‘जिग्री’ले बताए । दुई पक्षबीच कसरी समझदारी बन्यो भन्नेबारे केही नखुलाए पनि आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति बनेको उनको भनाइ छ ।

मिडिया हब प्रा।लि र सक्किगोनी हास्य टेलिसिरियलबीच उत्पन्न विवाद आपसी समजदारीमा टुंगोमा पुर्याइएको छ’, कट्टेलले फेसबुकमा लेखेका छन्, ‘हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनी’ यहाँहरुले नियमित रूपमा हेर्न पाउनुहुनेछ।’