काठमाडौँ, फागुन १८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता आजबाट जारी गरेसंगै सरकारका मन्त्रीहरुलाई यसबारे जानकारी गराएको छ ।


ADVERTISEMENT


मन्त्रीहरुलाई आयोगको कार्यालयमा बोलाएर जारी भएको आचारसंहिताबारे जानकारी गराइएको हो । सो क्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिता कडाईका साथ लागु गरिने भन्दै पालना गर्न मन्त्रीहरुलाई आग्रह गरेका थिए । मन्त्रीहरुले भने आचारसंहिताले आफुलाई गाउँ/गाउँ पुग्न प्रतिबन्ध लगाएकोमा गुनाशो व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल भने सहभागि थिएनन्। आजै अपरान्ह ३ बजे आयोगले नेपाल सरकारका सचिवसँग पनि आचारसंहिता कार्यान्वयनबारे छलफल गर्ने प्रबक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए।

आयोगले आचारसंहितामा सरकारका मन्त्रीहरुले जिल्लाका सदरमुकामसम्म जान पाइने तर गाउँ/गाउँमा पसेर चुनावको प्रचारप्रसारगर्न नपाउने व्यवस्था गरेको थियो ।