काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टि निकट युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले सक्रिय राजनीति गर्ने सबै पार्टिका कार्यकर्तालाई राज्यले तलब दिनुपर्ने बताएका छन् । तनहुँ बन्दीपुरमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


ADVERTISEMENT


राजनीतिक दलका कार्यकर्ताहरु ठेक्कापट्टा तथा गैरउत्पादन मुलक कार्यमा लागेकाले देशमा चरम बेरोजगार र जनतामा निराशा भएको बताउदै यसले दिर्घकालिन रुपमा राज्यको भ्रष्टाचारमा समता बढावा गरेको दीपशिखाको भनाई थियो ।


ADVERTISEMENT

# # #


जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको भन्दै उनले भने, ” जनप्रतिनिधिलाई तलब नदिने निर्णय गरेर अदालतले भ्रष्टाचार गर्न प्रोत्साहन गरेको सन्देश गएको छ । ” उत्पादनलाई राज्य सत्ता र जनतासँग जोडिनुपर्छ । उनले भने, “वर्तमान दुई तिहाईको शक्तिशाली कम्युनिष्ट सरकारको अवसर र चुनौति पनि यहिँ नै हो ।”

साथै फरक प्रसंगमा उनले युवा संगठनको सदस्य हुन् कम्तिमा एउटा व्यवसाय हुनै पर्ने घोषणा पनि गरेका छन् । “हामीले एक सदस्य एक उत्पादनको अवधारणालाई पारित गरिसकेका छौ । अब छिट्टैनै यो पूर्ण कार्यान्वयनको दिशामा अघि बढ्छ । ” उनले भने ।