काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपालका लागि छैटौं सफलता दिलाएका छन् ।


ADVERTISEMENT


तीन दिवसीय क्रिकेटको पहिलो दिनको खेलमा उनले नेपालका लागि छैटौं विकेट लिएका हुन् । सन्दीपले ७१ ओभरको अन्तिम बलमा विल भेन्डास्परलाई ५३ रनमा एलबीडब्लु आउट गराएका हुन् ।


ADVERTISEMENT

# # #


योसँगै एमसीसीले ७७ ओभरको खेल सकिँदा छ विकेट गुमाउँदै २७६ रनपूरा गरेको छ । यसअघि नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले समान दुई–दुई विकेट लिएका थिए । यता एमसीसीका लागि विल रोड्सले ७३, मिल्स हामोण्डले ५२, टोम विस्ट्लेले ३९ तथा एड योङ्गले १७ रन बनाएर आउट भएका छन् ।