काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध आफ्नो पहिलो पारी थालेको नेपाल सुरुमै दवावमा आएको छ ।


ADVERTISEMENT


त्रिवि क्रिकेट मैदानमा नेपालले १८ ओभरमा ३४ रन बनाउँदा ४ विकेट गुमाएको छ । नेपालका लागि ओपिनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल डक आउट भए । यस्तै राजु रिजालले ६ रन बनाए भने शरद भेषवाकर ४ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


उपकप्तान दिपेन्द्र ऐरीले पनि राम्रो खेल्न सकेनन् । उनी १ रनमा आउट भए । अहिले आरिफ शेख र विनोद भण्डारीले नेपाली इनिङ सम्हालीरहेका छन् ।

यसअघि एमसीसीले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । पहिलो दिन एसीसीले ३११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । दोस्रो दिन एसीसीले थप ५३ रन बनाउँदा चार विकेट गुमाएको हो ।

एमसीसीका लागि विल रोडसले ७३, यसिर अरापत ६४, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । सोमपाल कामी र शरद भेषवाकरले पनि समान २–२ विकेट लिए ।