काठमाडौं – लाटोकोसेरोको बच्चासहित प्रहरीले २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने काभ्रे खानिखोला घर भएका २२ वर्षीय प्रवीण तामाङ र पाँचथर दुरविम्बा घर भएका २३ वर्षीय अमित लिम्बु रहेका छन् ।


ADVERTISEMENT


उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका–९ खाली चौरबाट पक्रिएको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा लाटोकोसेरोको बच्चा फेला पारेको हो ।

उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।