काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ । बाँकी रहेका यी आयोगको नेतृत्व टुंगिएसंगै नेकपाको पार्टी एकीकरणले पूर्णता पाएको छ ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन गरेको छ । यस्तै सचिवमा अशोक रोकाय चयन भएका छन् । यस्तै, निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधब पौडेल र ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् । केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् ।