काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ । आईसीसीले समोबार सार्वजनिक गरेको नयाँ ब्याटिङको वरियतामा पारस ५५ औं स्थानमा झरेका छन् ।


ADVERTISEMENT


यसअघि पारस ब्याटिङतर्फ ४५औं स्थानमा थिए । तर, पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अगाडी छन् । पारसको अलराउण्डर वरियता समेत घटेको छ । अलराउण्डरमा पारस ३२ औं स्थानमा झरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि पारस २४ औं स्थानमा रहेका थिए । अलराउण्डरमा नेपालका सोमपाल कामी ६७ औं र करण केसी ८८ औं स्थानमा रहेका छन् । दुवैको वरियता खस्किएको हो । यसअघि सोमपाल ६२ औं र करण ८२ औं स्थानमा थिए । यसैगरी बलिङतर्फ सन्दीप ६९ औं स्थानमा झरेका छन् ।

यसअघि सन्दीप ६४ औं स्थानमा थिए । बलिङतर्फ नेपालका अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण एक सयौं स्थानमा छन् । बलिङमा दुवैको वरियता घटेको हो । यसअघि सोमपालको वरियता ६८ औं र करणको ८३ औं रहेको थियो । बलिङमा नेपालका बसन्त रेग्मी र अविनाश बोहरा भने शीर्ष एक सयबाट बाहिरिएका छन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश एक सयौं स्थानमा थिए ।