काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक (भोलि) मंगलबार बस्ने भएको छ ।


ADVERTISEMENT


प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताए । बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ ।