पोखरा – प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराईले गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।


ADVERTISEMENT


पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरेर बुधबार चुनावी घरदैलो अभियानसुरु गरेकी उनले उक्त कुरा बताएकी हुन् । उनले महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उल्लेख गरिन् । भट्टराईले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।