कात्तिक – अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ बेनौलीबाट सिम्रौनगढ नगरपालिका–१ लक्ष्मनवा बैरिया बस्ने ४२ वर्षीय मोहान प्रसाद यादव रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा यादवले चन्दा संकलन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले उनको साथबाट करिब २ लाख रुपैयाँ बराबरको नगदी रसिद समेत बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।