काठमाडौँ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली पूर्वकप्तान पारस खड्कालाई पुनः इन्स्टाग्राम र ट्वीटरमा फलो गर्न थालेका छन् । पारस र सन्दीपबीचको सम्बन्ध बिग्रिएको समाचार आइरहँदा सन्दीपले पारसलाई पुनः फलो गर्न थालेका हुन् ।


ADVERTISEMENT


सन्दीप र पारस हाल टी१० क्रिकेटका लागि दुबईमा रहेका छन् । टी-१० का लागि सन्दीप कर्नाटा टस्करमा आवद्ध भएका छन् भने पारस टिम आवुधावीमा आवद्ध भएका छन् । पारस पहिलो पटक विदेशी फ्रन्चाइज लिग खेल्दैछन् ।


ADVERTISEMENT

# # #


बिहीबार मात्र सन्दीपले पारससँगको फोटो साजाजिक सञ्जालमा पोस्ट गरेका थिए। यसअघि उनले पारसलाई ट्वीटर र इन्स्टाग्राममा ‘अनफलो’ गरेका थिए । जसपछि मिडियामा पारस र सन्दीपको सम्बन्ध चिसिएको समाचार आएका थिए । यता सामाजिक सञ्जालमा सन्दीप आलोचनाका साथै ट्रोलको पनि शिकार भएका थिए ।

सन्दीपले पारसलाई फलो गरेर आफूहरुको सम्बन्ध राम्रो रहेको सन्देश दिएका छन् ।