सुर्खेत– जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली काँग्रेसको समूह विजयी भएका छन् ।


ADVERTISEMENT


समितिको नौ सदस्यीय पदका लागि आज भएको निर्वाचनमा प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भट्टराई विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


दलित सदस्यमा पुसे कामी, महिला सदस्यमा बालकुमारी पुन, रमा विसी, पुर्णा चालिसे तथा खुला सदस्यमा वीरसिंह घर्ती, वासुदेव शर्मा र तीर्थ रावत विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौ स्थानीय तह रहेको सुर्खेतमा काँग्रेसका ११ र एमालेका सात मतदाताले मतदान गरेका थिए ।