काठमाडौँ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किएका छन् । नेपालको चार दिने औपचारिक भ्रमण गरी राष्ट्रपति अब्दुल शुक्रबार अपरान्ह स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रिपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई गरेकी हुन् ।


ADVERTISEMENT


अब्दुल राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल आएका थिए ।


ADVERTISEMENT

# # #


ले नेपाल रहँदा राष्ट्रपति भणरी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतसंग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

उनले विश्व सम्पदा सूचिमा रहेका भक्तपुर दरबार स्क्वायर, पाटन मन्दिर लगायतको भ्रमण गरेका उनी पर्यटकीय नगरी पोखरामा समेत गएका थिए । जहाँ उनले फेवाताल लगायतका पर्यटकीय ठाउँहरुको समेत अवलोकन गरेका थिए ।