काठमाडौं – गरिमा विकास बैंकको खुद नाफा २१.१४ प्रतिशतले बढेको छ । बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा बैंकको नाफा बढेको हो ।


ADVERTISEMENT


बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा २६ करोड ९० लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ४६ करोड ४६ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० करोड २५ लाख रुपैयाँ रहेको थियो । यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ ।

बैंकको अहिलको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ रहेको छ भने यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६ करोड ४६ लाख गरेको देखिएको छ । गत बर्ष यहि अवधिको आम्दानी ४० करोड २५ लाख रुपैयाँ मात्र रहेको थियो ।

करिब ५ करोड ७६ लाख रुपैयाँ बैंक सञ्चालनको खर्च बढेको देखिए पनि आम्दानी सोही अनुपातमा वढेको छ ।